कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २८ गते।  

कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःमतदान सुरु भएको हो ।

आज अपरान्ह ३:३० देखि साँझ ७:३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने कोइरालाले १७०२, सिंहले ३७१, निधिले २४९ र गुरुङले २२ मत पाएका छन् । कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको लागि मतदान हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *