प्रतिनिधिसभाको बैठक पुस ६ गतेसम्मका लागि स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २८ गते।  

प्रतिनिधिसभाको बैठक पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन् ।

गृहमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसम्पादन सुपरीवेक्षण अध्यादेश (पहिलो संशोधन) २०७८, तेजाव तथा अन्य घातक राषायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा अध्यादेश (पहिलो शंशोधन) २०७८, भौतिक पूर्वाधार तथा संसदीय ममलामन्त्रीको तर्फबाट रेल्वे अध्यादेश २०७८ तथा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फैजदारी कार्यविधि सम्बन्धी केही ऐन सशोधन गर्ने अध्यादेश २०७८ पेस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *