लोक सेवा आयोगले ठुलो सङ्ख्यामा शाखा अधिकृत को विज्ञापन खोल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २९ गते।  

लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ ।

आयोगले बुधवार अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी दुई सय ८४ जनाका लागि विज्ञापन खोलिएको छ । 

दरखास्त दिने अन्तिम मिति पुस २० गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २७ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *