कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्री पदको मतगणना हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १ गते।  

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्री पदको मतगणना हुने भएको छ।

निर्वाचन समितिका एक सदस्यले बिहानदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको जनाएको छ।

दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *