अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १ गते।
नेपाल विद्युत प्राधिकरणमा विभिन्न पदहरुमा करारमा जागिर खुलेको छ।




नेपाल विद्युत प्राधिकरणमा रिक्त रहेका प्राविधिक सेवातर्फका तह ३,४,५ र ७ का तपशिल बमोजिमका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति नभएसम्म करार अवधी नविकरण नहुने गरी बढीमा एक (१) वर्षका लागि करारमा कर्मचारी भर्ना गर्नुपर्ने भएकोले “करारमा कर्मचारी भर्ना गर्ने सम्वन्धी कार्यविधि २०७८’’ बमोजिम तपसिलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वकको दरखास्त आव्हान गरिएको छ ।
तोकिएको न्युनतम योग्यता पुगेका उमेद्वारहरुले अनलाईनमार्फत् आवेदन दिनुपर्नेछ ।