अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस १ गते।
यूकेमा एकै दिनमामहामारी सुरु भएयताकै सबैभन्दा उच्च कोभिड सङ्क्रमित पुष्टि भएका छन्।
बुधवार यूकेमा ७८,६१० कोभिड सङ्क्रमित पुष्टि भएका छन्।
गत ज्यानुअरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि हुँदा यूके लकडाउनमा थियो।
इङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा कयौँपटक तोडिने बताएका छन्।
एक पत्रकार सम्मेलनमा बोल्दै उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्त्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने बताए।
उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए।
जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताए।
उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिसतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको देखिन्छ।
युरोपेली सङ्घ ईयूको स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा ओमिक्रोन कोभिड भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावी स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ।