आइतबार देखि मनकामना केबलकार चार दिन बन्द हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २ गते।  

आइतबार देखि मनकामना केबलकार चार दिन बन्द हुने भएको छ।

पुस ४ देखि ७ गतेसम्म केबलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको हो।

अस्ट्रियाबाट आएको प्राविधिक टोलीले केबलकारको गियर बक्स र टावर मर्मत गर्ने कम्पनीले जनाएको छ।

केबलकार मर्मत गर्ने समय दुई दिन भए पनि मर्मतपछि परीक्षण गर्न थप दुई दिन लाग्ने भएकाले चार दिन सेवा बन्द गर्न लागिइका कम्पनीका प्रबन्ध निर्देशकले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *