आज देशका विभिन्न स्थानमा हिमपातको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २ गते।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बाग्मती र गण्डकी प्रदेशको पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली  रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती  तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।  देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन  तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन महाशाखाले अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *