कांग्रेसको सहमहामन्त्रीमा डिना उपाध्याय निर्वाचित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २ गते।  

कांग्रेसको सहमहामन्त्रीमा डिना उपाध्याय निर्वाचित भएकी छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याउनुभएको छ ।

उनले भनिन्, पदाधिकारीमा हामीले एक तिहाई हुनुपर्छ भन्ने माग हिजो पनि थियो, आज पनि छ ।’

महिलाहरुलाई कोटा मात्र होइन, खुलामा लड्न र जित्न सक्ने बताउन पहल गर्ने समेत बताइन् ।

अघिल्लो पटक खुलातर्फ केन्द्रीय सदस्यमा लडेकी उनले यो पटकका लागि महिलातर्फ उम्मेदवारी दिएको बताइन् । नवनिर्वाचित सहमहामन्त्री उपाध्यायले भनिन्, भोलिका दिनमा म कोटामा उम्मेदवारी दिन्नँ, खुलामा नै जान्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *