अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ५ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो : बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभरि आंशिक बदली रहनेछ।
तराईका भूभागममा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ।