नेदरल्याण्डमा ओमिक्रोनको त्रासका कारण कडा लकडाउनको घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस ५ गते।  

नेदरल्याण्डमा ओमिक्रोनको त्रासका कारण क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ ।

अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुईजना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ ।

 प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएको बताए ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अत्यधिक रुपमा फैलिन सुरु भएपछि युरोपेली देशले प्रतिबन्धलाई कडा पारेका छन् ।

नयाँ नियम अनुसार मानिसलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरिएको छ । १३ वर्ष र सोभन्दा माथिका दुई जनालाई आफन्तकोमा जान अनुमति दिइनेछ । यस्तै २४ र २६ डिसेम्बर र नयाँ वर्षको पूर्व सन्ध्या र नयाँ वर्षको दिनमा चारजना व्यक्ति आफन्तको घरमा जान पाउनेछन् ।

अन्तिम संस्कार, ग्रोसरी बेच्न साप्ताहिक रुपमा लाग्ने बजार र दर्शक बिनाका व्यावसायिक खेल प्रतियोगिताबाहेक अन्य कार्यक्रमका लागि अनुमति दिइने छैन ।

जनवरी ९ सम्म सबै स्कूल बन्द हुनेछन् भने लकडाउनका अन्य प्रतिबन्ध १४ जनवरीसम्म लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *