अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ८ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु- कुहिरो लागेको छ ।
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राती: देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।