अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ८ गते।
आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।
गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।
मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको छ ।
चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।