दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस ८ गते।  

ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न पनि सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ । 

दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको

छ। यसको पूर्ण पालना गराउन राज्य सरकारले जिल्ला प्रशासन र दिल्ली पुलिसलाई आदेश दिएको छ।

यस्तै बजार पसलमा ‘नो मास्क, नो इन्ट्री’ कडाईका साथ पालना गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *