आज थपिए १६७ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख २३ हजार १८३ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १०  गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १६७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २३ हजार १८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख १० हजार ४९७ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *