माओवादी केन्द्रको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ११ गते।  

माओवादी केन्द्रको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

महाधिवेशनको शुभारम्भ आइतबार दिउँसो १ बजेबाट सुभारम्भ हुनेछ ।

महाधिवेशन शुरु हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्नेछ । जसले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नेछ ।

यसअघि माओवादीले राष्ट्रिय सम्मेलन बनाउदै आएपनि शनिबारको बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । उक्त प्रस्तावलाई आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी हुनेछन् । जसका लागि सबै प्रतिनिधि र पर्यवेक्षक काठमाडौं आइपुगिसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *