यो साता देशका अधिकांश भागमा वर्षा र हिमपातको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ११ गते।  

यो साता मुलुकभर चिसो बढ्ने छ। यो साता देशका अधिकांश भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भू–भागमा साताको सुरुमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एक/दुई स्थानमा असिनाको समेत सम्भावना छ ।

देशको तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *