देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १२ गते।  

पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ ।

अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

महाशाखाको अनुसार अबको तीन दिन हिमाली र पहाडी क्षेत्रको केही स्थानमा हत्कादेखि मध्यम हिमपात हुने र पहाडी क्षेत्रको केही स्थानमा मध्यम वर्षा हुनाले चिसो बढ्ने छ ।

महाशाखाले सोमबार आमागी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात र पहाडी क्षेत्रका केही स्थानमा हत्का वर्षा हुने सम्भावना भएको जनाएको छ ।

दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चिसो बढ्ने र चिसोबाट बच्न आवश्यक सकर्ता अपनाउन महाशाखाको अनुरोध छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *