आजदेखि धुलिखेलका सबै विद्यालय एक हप्ताका लागि बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १५ गते।  

आजदेखि धुलिखेलका सबै विद्यालय एक हप्ताका लागि बन्द गरीएको छ ।

चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसोले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो ।

जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *