ओमिक्रोनको त्रासको बीचमा इजरायलमा फ्लोरोनाको पहिलो केस भेटियो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस १७ गते।  

कोरोना र ओमिक्रोनले विश्वभर आतंक मच्चाएको छ । यसैबीच इजरायलमा फ्लोरोनाको पहिलो केस फेला परेको छ ।

फ्लोरोना कोभिड-१९ र इन्फ्लुएन्जा (फ्लु) को दोहोरो संक्रमण हो। यो जानकारी इजराईली संचारमाध्यमले दिएको हो।

यसैबीच इजरायलमा शुक्रबार कोरोनाविरुद्धको चौथो बुस्टर डोजलाई अनुमति दिइएको छ ।

इजरायली मिडियाका अनुसार कोरोनाको खोपको तेस्रो बुस्टर डोज चार महिनाअघि यहाँ दिइएको थियो ।

तर, अहिले ओमिक्रोनका केसहरू तीव्र गतिमा बढ्दै गएकाले यहाँको सरकारले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूलाई चौथो बुस्टर डोजको अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *