अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २२ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २६ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ८ लाख १३ हजार ४४७ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।