अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ५ गते।
माघ ७ गते शुक्रबारदेखि मनकामना मन्दिरमा भक्तजनलाई रोक लगाइएको छ।
भक्तजनलाई मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ।
मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो।
कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए।
माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको उनले बताए।