अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ६ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।