कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा मास्क नलगाउनेलाई जरिवाना

अनलाईन न्युजपाटी,जनकपुर,समाचारदाता, माघ ७ गते। 

तिव्र गतिमा कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा मास्क नलगाउनेलाई जरिवाना तिराउने भएको छ ।

जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउनका लागि शुक्रबार र शनिबार दुई दिन जनचेतनामूलक कार्यक्रम गरिएको बताए । त्यसपछि पनि मास्क नलगाइएको पाइएमा सय रुपैयाँ जरिवाना असुल गरिने उनले बताए ।

आइतबारदेखि मास्क नलगाउनेसँग एक सय रुपैयाँ दरले जरिवाना असुली गरिने पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *