अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १४ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराइका केही भू-भागमा हुस्सु कुहिरो लागेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १ र बागमती प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र सोही क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी बुलेटिनमा दिइएको छ।
यस्तै आज शुक्रबार राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।