अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १४ गते।
आज नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए ।
उनले बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका थिए । कार्यसमिति बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताइएको छ ।
त्यस्तैगरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि अनुरोधसमेत गरिएको छ ।
बैठकमा सामेल हुनका लागि लिङ्क एसएमएसमार्फत पठाइने काँग्रेसले जनाएको छ ।