अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १३ गते।
आज पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३७ हजार ०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।