आज थपिए ८ हजार १७ जना कोरोना संक्रमित, कुल संख्या १० लाख ६२ हजार १०५ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १३ गते। 

आज पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३७ हजार ०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *