नयाँ दिल्लीमा विकेन्ड कर्फ्यु हटाईयो

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ १३ गते। 

नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमण कम हुँदै गएपछि प्रतिबन्धहरू हटाइएका छन्।

दिल्ली विपद् प्रबन्धन प्राधिकरणको बैठकले कोरोना नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धहरूमा खुकुलो बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । रात्रिकालीन कर्फ्यू भने जारी छ।

यस्तै पसलहरू खोल्न लागु गरिएको जोर-बिजोर प्रणाली पनि हटाएको छ।

दिल्लीका गभर्नर अनिल बैजलको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ को अवस्थाबारे समीक्षा गरेको थियो। कोरोना अझै बढ्दै गए कडाइ गर्नेबारे पनि छलफल भएको थियो।

बैठकमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि उपस्थित थिए।

बैठकको निर्णय आदेश सार्वजनिक भएपछि कार्यान्वयनमा आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *