अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १७ गते।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करार सेवामा भर्ना खुलेको छ।
केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा स्नाकोत्तर वा कम्युटर इन्जिनियरमा स्नाकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नाकोत्तर गरेको हुनुपर्नेछ ।
केन्द्रले ६ जना कम्प्युटर इन्जिनियर, एक जना इलेक्ट्रिकल इन्जिनियर, चार जना इलेक्ट्रिकल ओभरसियर, चार जना कम्प्युटर टेक्निसियन र एक जना कम्प्युटर अपरेटर माग गरेको छ।
योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।