अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १८ गते।
‘द ब्रिटिस कलेज’ (टीबीसी) ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो।
सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालको अग्रणी शैक्षिक संस्थाहरु मध्येको एक बनाउनको लागि केही उल्लेखनिय परिवर्तनहरु हुने भएका छन्।अब सत्यम स्कूल बाट विश्वस्तरिय शिक्षा प्रदान गर्नको लागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायका अनुभवी फ्याकल्टीहरूको प्रत्यक्ष निगरानी रहने भएको छ।
व्यवस्थापन सँगै स्कुल ब्रिटिस एजुकेशन ग्रुपको एक हिस्सा बन्नेछ।ब्रिटिस एजुकेशन ग्रुपले काठमाडौँ, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेको छ।साथै, यसै ग्रुपले नेपालका बिभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेको छ भने त्यसै गरी पोखरामा छिट्टै स्कुल खोल्ने अवस्थामा रहेको छ।करिब ६ महिना अघि लुम्बिनी प्रदेश स्थित नमस्ते ऐकेडेमी रुपन्देही पनी यो ग्रूप अन्तर्गत अगाडी बढ्न सूरू गरीसकेको छ।
नमस्ते पछि कलेजले सत्यमको पनि व्यवस्थापन गर्न लागेको हो। लामो समयदेखि ब्रिटिश कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिश एजुकेशन ग्रुपका वरिष्ठ सल्लाहकार पाउलक्ल्भ्सि एमबीईले छोटो समयमा नै नमस्ते एकेडेमीको कूसल व्यवस्थापन को बाटोमा देखीन यो समूह सफल भएकोले सत्यमस्कूलको ब्यवस्थापन पनि राम्रो हुने विश्वास व्यक्त गरेका छन्।उनले भने, ‘हामीले नमस्ते एकेडेमीको व्यवस्थापन थालेपछि ठूलो सुधार भएको देखेका छौं। त्यसैले हामीले सत्यम जेभियर्स इङ्लिस बोर्डिङ स्कुलमा पनि शिक्षा क्षेत्रमा गरिएको दशौं वर्षको विश्वव्यापी अनुभवले अझ अगाडि बढ्न र नेपालमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नेछ।’
ब्रिटिस एजुकेशन ग्रुप का संस्थापक राजन कँडेलले भने, ‘हामीले थापाथलीमा सन्२०१२ मा द ब्रिटिस कलेज स्थापना गरेका हौं। हाम्रा अन्तर्राष्ट्रीय अनूभव र विशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहान्छौ।