अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १८ गते।
आज पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।