अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १८ गते।
काठमाडौँ महानगरपालिकाले करारमा २३१ जना कर्मचारी मागेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको हो ।
आवेदनको म्याद ७ दिनको रहेको छ । आवेदन अनलाइन प्रणालीबाट मात्र स्वीकृत हुनेछ । काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली मार्फत आवेदन दिन सकिने र भौतिक रुपमा बुझाइएका आवेदनहरू भने मान्य नहुने जनाइएको छ ।
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक युवायुवतीले आवेदन दिन सक्नेछन् ।