अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ २१ गते।
कोरोनाभाइरसको महामारीका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू फेरि खुल्ला भएका छन्।
कक्षा ८ देखि १२ सम्मको पढाई बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गरिने घोषणा गत सोमबार गरेकी थिइन्। उनका अनुसार विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन्।कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले गत जनवरी ३ देखि विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन कार्य बन्द गरेको थियो।
सरकारले त्यति बेलादेखि नै स्पा, शैलुन, व्युटी पार्लर, चिडियाखाना, मनोरञ्जनस्थललगायत बन्द गर्ने निर्णय गरेको थियो।