अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २ गते।
बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइको संयोजक पदका लागि आवेदन माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आग्रह गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी सात दिनभित्र मन्त्रालयमा आवेदन पेस गर्न भनिएको हो ।
३५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको, मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ वा व्यवस्थापन वा समाजशास्त्र वा जनप्रशासन वा वातावरण वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेको, जग्गा प्राप्ति, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना, वातावरणीय व्यवस्थापनसम्बन्धी नीति निर्माण वा आयोजना सञ्चालन कार्यको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभवलगायत योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।