महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन ९ गते। 

महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले श्रीमतीको हत्या गरेको आरोपमा भारत सीतामढी ग्राम पञ्चायत भासर मघहा ७ अनारवन गाउँका ३७ वर्षीय अजय महतो कोइरी र सर्लाही मलंगवा नगरपालिका-९ का ३४ वर्षीय प्रमोद राउतलाई पक्राउ गरेको हो ।

मेहसौल टोल घर भएकी राधा भन्ने अफ्सना खातुनको हत्या गरेको उनीहरूमाथि आरोप रहेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षकले जानकारी दिए ।

अपसनाको शव ४ फागुनमा जंगलभित्र फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले अजयलाई ६ फागुनमा नेपाल–भारत सीमानाबाट पक्राउ गरेको थियो । बयानका क्रममा उनले हत्या गरेको स्वीकारेको प्रहरी प्रमुख प्रहरी उपरीक्षकले जानकारी दिए ।

पत्नीको हत्यापछि अजयले आफ्ना दुई छोरालाई नजिकैको एक होटलमा बेवारिसे छाडेर भागेको प्रहरीले बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *