अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १० गते।
आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा आज यूएईसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ ।
आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ ।
नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो ।
नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।