अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १३ गते।
आज पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ९२५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५५ हजार ४५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ ।