अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १५ गते।
जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार सहयोग गर्ने निर्णय गरेको छ ।
जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।
यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई रोक्ने पनि बताएका छन् ।
युक्रेनमा रुसले गरेको आक्रमणको जर्मनीले निन्दा गर्दै संघर्ष वा युद्धग्रस्त क्षेत्रमा हतियार निर्यात नगर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गरेको बीबीसीले जनाएको छ ।
युक्रेनका राष्ट्रपतिले जर्मनीको यो नीतिको सह्राना गरेका छन् । उनले विभिन्न देशबाट समर्थन जुटाउने काम पनि जारी राखेका छन् ।