अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १७ गते।
एमसीसीको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।
सोमबार साँझ वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
प्रदर्शनकारी निरन्तर प्रदर्शन गर्दै तोडफोड गर्न थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो ।
सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहारसमेत गरेको थियो ।