सिरहाको धनगढीमाई नगरपालिकामा एमाले पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, फाल्गुन २० गते। 

सिरहाको धनगढीमाई नगरपालिका वाडा नम्बर १२ सिमलटोकीमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ्। राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक तथा धनगढीमाई १२ सिमलटोकि का वडा कमिटी अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पुर्व कानुन मन्त्री तथा पार्टीका केन्द्रिय पोलिट ब्योरो सदस्य लिलानाथ श्रेष्ठ रहनु भएको थियो।

बिशिस्ट अतिथिमा पार्टीको केन्द्रिय सदस्य गंगा प्रसाद यादव रहनु भएको थियो।अतिथिहरुमा केन्द्रिय सदस्य रामपृत राम, सल्लाहकार परिषद सदस्य नरेन्द्र राज पोखरेल,पुर्व प्रदेश प्रमुख धर्मनाथ यादव,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामस्वरु  प सदाय, राष्ट्रिय प्रतिनिधि सदस्य निर्माला बराल,धनगढीमाई नगरपालिकाका नगर इन्चार्ज शिब शंकर महतो,जिल्ला कमिटी उप सचिब शोभा बराल लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

उक्त कार्यक्रमको उद्घोषण नगर सचिवालय सदस्य रोहित राज  लम्सालले गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टीको नीति सिद्धान्त र समाजवाद , जनताको बहुदलीय जनवाद लगायतका विशेषमा प्रशिक्षण दिएका हुन।नेपाल कम्युनिस्ट पार्टी एमाले १७ बर्ष सरकारमा हुँदा देशमा हरेक क्षेत्रमा गरेको बिकास निर्माणको कामको चर्चा गर्दै सहभागीहरुलाई सम्झाएका स्थानीय नेता बिरेन्द्र कुमार महतोले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *