अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन २१ गते।
फेसबुकपछि ट्वीटर र युट्युबमा पनि रुसले प्रतिबन्ध लगाएको छ ।
रुसी समाचार अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो ।
मिडिया नियामकको वेबसाइटमा पोष्ट गरिएको एक सूचना अनुसार २४ फेब्रुअरीमा सरकारले गरेको निर्णयअनुसार रुसले ट्वीटरमा सीमित पहुँच गरिदिएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि नै आक्रमण सुरु गरेको थियो ।
यसैगरी फेसबुकको मूल कम्पनी मेटाले पनि रुसमा फेसबुक प्रतिबन्धित भएको जनाएको थियो । यद्यपि उसका इन्स्टाग्राम र ह्वाट्स एपले भने रुसमा अझै काम गरिरहेको छ ।