अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ३० गते।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चेतावनी दिएका छन् ।
आज बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन ।’