प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ७ गते।

प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आउने भएका छन् ।

देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्नेछन् । सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् ।

डिआइजी बिसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको बताए ।

आइतबार लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरी जवानको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन सोमबार बिहानैबाट लेटाङको चार किल्लामा कर्फ्यु जारी भएको छ । लेटाङसँग सीमा जोडिएको पालिकामा प्रधानमन्त्री पुग्ने भएकाले सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *