अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १० गते।
आजदेखि यातायात कार्यालयहरूले नियमित सेवा दिने भएका छन्।
सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्न कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो।
बुधबार नै निकालिएको दोस्रो सूचनामा विभागले आजदेखि नियमित सेवा दिइने बताएको छ।
सर्भरमा विद्युत् प्रणाली परिवर्तन गर्न बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म मात्रै समय लिइएको विभागले जनाएको छ।
विभागले अनिश्चितकालका लागि यातायातका सेवा बन्द नरहेको बताएको छ।