अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १० गते।
आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
हाल थाइल्यान्ड फिफा वरियताको एक सय १२ औं स्थानमा छ भने नेपाल एक सय ६७ औं स्थानमा छ।
पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी गरिरहेको छ।