नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजपनि बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १० गते।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।

बुधबार पेश भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि आज केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछ।

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा स्थानीय चुनावलाई जनमतसंग्रहका रूपमा हेरिएको उल्लेख छ।

चुनाव जनादेश र परमादेशबीचको जनमतसंग्रह भएको ओलीको भनाइ छ। सर्वोच्चको परमादेशबाट ओली प्रधानमन्त्रीबाट हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए।

साथै बैठकमा स्थानीय चुनावका लागि पार्टीको तयारीलगायत विषयमा पनि बैठकमा छलफल भएको थियो।

सातै प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरिसकेका छन्।

उनीहरूले एमालेप्रति आकर्षण रहेको र माधवकुमार नेपाललगायत बाहिरिए पनि खासै ठूलो असर पार्टीलाई नपरेको रिपोर्ट पेश गरेका थिए।

बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *