तमासुईयामा एमाले काङ्ग्रेस परित्याग गरी हजारौं संख्यामा जसपामा प्रवेश

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, चैत्र १३ गते। 

सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर १ तामासुईयामा एमाले काङ्ग्रेस परित्याग गरी हजारौं संख्यामा नेकपा एमाले र नेपाली काङ्ग्रेस प्रतयाग गरी जनता समाजवादीमा प्रवेश गरेका छन्।

नवराजपुर १ तामासुईयालाई एमाले र काङ्ग्रेसको गढ भनेर चिनीने गरेका थिए।एमालेको वाडा संयोजक नवीन कुमार यादव समेत एमाले प्रत्याग गरी ओपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा पार्टी प्रवेश गरीएका छन्।

उक्त गाउँपालिकामा दिन प्रतिदिन एमाले काङ्ग्रेस पार्टीको संगठन कम्जोर हुँदै गरेको अवस्था रहेको छ। संघीयताको बिकास संगै जनताले स्वतन्त्रताको सिद्धान्तको प्रत्याभूति गर्दै  आफनो हक अधिकारको लागी अवाज उठाउदै आएका हुन्।

समाजमा रहेको शासन प्रथालाई प्रास्त गर्दै लोकतान्त्रिक प्रत्याभूतिको पाटोमा समाज अगाडि बढी रहेको छ। विभिन्न राजनीति मध्ये नेपाली काङ्ग्रेसको संगठन पछिल्लो समय निकै बलियो देखिएको थियो।

जसपा पार्टीले चुनावी सभाको बृहत कार्यक्रमको आयोजना गरी सोही कार्यक्रममा हजारौं ब्यक्तीले एमाले काङ्ग्रेस प्रत्याग गरी जसपामा प्रवेश गरेका हुन। भुमि ब्यवस्था तथा कृषि मन्त्री बिजय यादवको प्रमुख आतिथ्यमा हजारौं जनाले पार्टी प्रवेश गरेका थिए।

जसपाका वरिष्ठ नेता मोहम्मद खालिद सिद्धीकी, पुर्व मन्त्री राज लाल यादव निर्मला यादव, ललिता दास, परियाग लाल यादव,दिपेश यादव,सिबजी यादव,लगायत नेताहरुको सहभागिता रहेको राम उदगार यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *