अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र २० गते।
पुष्पकमल दहाल प्रचण्ड आज महोत्तरी आउदै छन् ।
उनी बिहान ९ बजेको बिमानबाट जनकपुर आउने र त्यहाँबाट गाडीमा महोत्तरी आउने योंग कम्युनिष्ट लिग (वाइसिएल)का मधेश प्रदेश अध्यक्ष शंकर महतोले जानकारी दिए ।
उनका अनुसार बिहान ११ बजे बर्दिबासको खयरमारामा जनयुद्धका सहिदहरुको स्मरणमा निर्माण गर्न गरिने सहिद पार्कको शिलान्यास र निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम छ । बिहान ११ बजेदेखि १ बजेसम्म त्यहाँ कार्यक्रम हुने जनाएको छ ।
दिउँसो १ बजेबाट गौशालामा कार्यक्रम राखिएको वाइसिएल नेता महतोले बताए ।