अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख ०१ गते।
जनकपुर उप-महानगरपालिका वडा नं. ४ बाट २३८०.३६६ ग्राम अवैध चाँदी जनकपुर उप-महानगरपालिका वडा नं. ४ सहित २ जना पक्राउ परेको छ।

जिल्ला प्रहरी कार्यालयबाट गस्तिमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ४ स्थित सार्वजनिक बाटोमा चेक प्वाईन्ट थापि सवारी साधनहरू चेक जाँच गर्ने क्रममा ज. १३ प. १८०१ नं. को मोटरसाईकलमा जितेन्द्र महतो र रमेश कुमार साह अवैध चाँदी सहित पक्राउ परेको छ।
दुवै जना सवार भएको मोटरसाईकल प्लाष्टिकको झोला बोकी बसेका रमेश कुमार साह शंकाका आधारमा खानतलाशी गर्दा चाँदीको विभिन्न गरगहनाहरू २३८०.३६६ ग्राम बरामद गरिएको छ।
कानुनको रित पुर्यापई निजहरूको शरिर तथा मोटरसाईकल समेत खानतलाशी गर्दा निज रमेश कुमार साहले समाती बसेको झोलामा बरामद गरिएका चाँदीको विभिन्न गरगहनाहरू २३८०.३६६ ग्राम बरामद गरी निजहरू संग उक्त चाँदीको गर गहनाको विल भरपाई माग गर्दा समेत नरहेकोमा अवैध रूपमा भनसार छलि गरि ल्याएको हुन सक्ने भएकोले निजहरू दुवै जनालाई उक्त चाँदी, मोटरसाईकल थान-१ सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाईएको ।