सुरुङ्गा नगरपालिका १ मा अध्यक्षको लागी आनन्द चौधरीको व्यापक चर्चा

अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता, वैशाख ०२ गते। 

सप्तरीको सुरुङ्गा नगरपालिका वाडा नम्बर १ बाट नेपाली काङ्ग्रेसका नेता आनन्द कुमार चौधरी वडा अध्यक्षका लागी संभावित उम्मेदवार रहेका छन्। २०४३ सालमा बिराटनगरको महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका चौधरी हाल सम्म राजनीतिमा सकृय रहेका छन्।

बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा सुरुङ्गा नगरपालिका वडा नम्बर १ मा नेता आनन्द कुमार चौधरीले चुनावमा भाग लिने इच्छा जाहेर गरेका छन्। गाउँका हजारौं ब्यक्तीहरुले नेता चौधरीलाई निर्वाचनमा भाग लिन जोड दिदा ऊनी सहमत भएका हुन्। काङ्ग्रेस बुझेका तथा पुरानो नेता समेत रहनु भएका उनी निकै चर्चा बटुलेका छन्।

केहि महिना अगाडि भएको नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशनमा सप्तरी जिल्लाको प्रतिनिधिको जिम्मेवारी समेत निर्वाह गरेका हुन्।उनी वाडा नम्बर १ का सम्भाबित उम्मेदवार समेत रहनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *